Section 10
सचिवको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त सचिवको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः –
(क) अध्यक्षको निर्देशन अनुसार परिषद्को बैठक बोलाउने,
(ख) परिषद्ले गरेका निर्णयहरु कार्यान्वयन गर्ने वा गराउने,
(ग) सचिवालयमा राखिने अभिलेखलाई अद्यावधिक गराई व्यवस्थित र सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाउने
(घ) सचिवालयले गर्नु पर्ने काम कारबाहीको अनुगमन, नियन्त्रण, सुपरिवेक्षण र समन्वय गर्ने तथा सचिवालयका कर्मचारीको कार्यविभाजन गरी काममा लगाउने,
(ङ) परिषद्मा रहेका अभिलेख प्रमाणित गर्ने,
(च) नेपाल सरकारका विभिन्न निकायका साथै आवश्यकता अनुसार अन्य निकायस“ग सम्पर्क र समन्वय गर्ने ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक सचिवको अन्य काम, कर्तव्य र अधिकार परिषद्ले तोके बमोजिम हुनेछ